त्रिशूलीमा हराइरहेका रानाको शव ९ दिनपछि भेटियो
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - काठमाण्डौ जिल्ला अदालतबाट धरौटीमा रिहा भएलगत्तै व्यवसायी सुलभ अग्रवाललाई प्रहरीले फेरि पक्राउ गरेको छ ।
ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको मुद्दामा धरौटीमा रिहा भएका अग्रवाललाई प्रहरीले अदालत परिसरबाटै फेरि पक्राउ गरेको हो । महानगरीय प्रहरीले परिसर काठमाण्डौले सम्पत्ति शुद्धिकरण मुद्दामा अग्रवाललाई पक्राउ गरेको हो ।
जिल्ला अदालतका न्यायधीश ब्रजेश प्याकुरेलको इजलासले अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतबाट रिहा भएलगत्तै फेरिप्रहरीले पक्राउ गर्नु अदालतको अपहेलना भएको अग्रवालको तर्फबाट बहस गरिरहेका अधिवक्ता परशुराम कोइरालाले बताउनुभयो । कुनै पनि पक्राउ पुर्जी नदिइ अदालत परिसरबाटै पक्राउ गर्नु कानुनको उपहास भएको उहाँले बताउनुभयो ।
अग्रवालविरुद्ध कलोबजारी तथा सामाजिक अपराध अन्तर्गत तीन वटा मुद्दा दर्ता भएको अधिवक्ता कोइरालाले बताउनुभयो । अदालतले प्राप्त प्रमाणको आधारमा जेष्ठ १८ गते अदालतमा हाजिर हुनेगरी धरौटीमा रिहा गरे पनि विना पूर्जी प्रहरीले फेरि पक्राउ गरेको उहाँको भनाइ छ ।
अग्रवाललाई गएको चैत २५ गते ५ हजार पर्ने थर्मल गन १५ हजार रुपैयाँ बेच्न खोजेको भन्दै महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको थियो । पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो । त्यसपछि २ पटक गरी प्रशासन कार्यालयबाट २२ दिन म्याद थप भएको थियो ।
अग्रवाल विरुद्ध जिल्ला अदालतमा बुधबार मात्रै मुद्दा दायर भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।