कोरोना सङ्क्रमित भेटिएपछि बाँकेमा उच्च सतर्कता

 बैशाख १९, २०७७ शुक्रबार १६:७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके - बाँकेमा शुक्रबार एकजनामा  कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ ।

शुक्रबार बाँकेका ६० वर्षीय पुरुषमा कोरोना भएको पुष्टि भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपालगञ्जमा रहेका मस्जिदहरु सिल गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।  

दुई दिन पहिले नेपालगञ्जमा रहेका मस्जिदमा बसिरहेकाहरुको स्वाब परीक्षण गरिएको थियो । त्यसमध्येका एक जनामा कोरोना भाइरस भएको पुष्टि भएको हो ।

सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितसँग सम्पर्कमा आएको व्यक्तिका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु पहिचानका लागि कन्ट्याकट ट्रेसिङमा जुटेका छन् ।सङ्क्रमितलाई खजुरामा रहेको नेपाल क्यान्सर अस्पतालमा रहेको आइसोलेशनमा भर्ना गर्ने तयारी गरिएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया