एनएमबी बैंकले ल्यायो फेसबुकबाटै खाता खोल्न सकिने सुविधा

 बैशाख १९, २०७७ शुक्रबार १७:५८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - एनएमबी बैंकले घरमै बसी फेसबुकको म्यासेन्जर बाटै खाता/मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सुविधा ल्याएको छ ।

बैंकले देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै फेसबुक म्यासेन्जरकैे प्रयोगले खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवा ल्याएको हो । 

डिजिटल बैंकिङ सेवालाई अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्न बैंकले यो सुविधा ल्याएको हो । अब ग्राहकले घरबाटै बैंकिङ गतिविधिहरु रोज्न सक्ने भएका छन । 

'हालको अवस्थामा यो सेवा कुनै सम्झौता विना ग्राहकलाई वित्तीय कारोबारहरु सम्पादन गर्न सहयोग पुर्याउने एक योजना हो', बैंकले निकालेको विज्ञप्तिमा उल्लेख छ ।   
 

अन्तिम अपडेट: असार ८, २०७७

1 Comments

  • Krishna Banjade

    May 1, 2020, 7:21 p.m.

    I intersted for bank acount

  •  0 Reply

तपाईको प्रतिक्रिया