परदेशमा काम भएकाहरुलाई एउटा पीर, काम नभएकाहरुलाई अर्कै पीर

 बैशाख १९, २०७७ शुक्रबार १७:५२:५० | मेरो कथा मेरो भोगाई

नविन गौतम/नेपाल, हाल यूएई ।

यूएईको अवस्था एकदमै नाजुक बन्दै गएको छ । सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । मेरो अनुभवमा यहाँ कुनै पनि सुरक्षाका उपाय अपनाइएको छैन । यहाँ आफ्ना नागरिकलाई बढी सुरक्षा दिएको देखिन्छ । आप्रवासी कामदारको सुरक्षामा कसैको ध्यान नगएको जस्तो मलाई लागेको छ । 

यहाँका नागरिक त सुरक्षित हुन्छन् नै । सङ्क्रमणको शिकार  बन्ने भनेको हामी जस्ता आप्रवासी कामदार नै हो । यहाँको सरकारले कम्पनीलाई पनि सुरक्षाका उपाय अपनाउनु भनेको भए पनि केहीबाहेक धेरैले अपनाएको देखिंदैन । न त कम्पनी नै बन्द गरेका छन् ।

काम गर्नुपर्ने भनेको हामी श्रमिकले नै हो । जोखिम हुने भनेको पनि हामीहरुलाई नै हो । कम्पनीका मालिकलाई त कसको के मतलब हुन्छ र रु उनीहरु त आफू सुरक्षित हुन्छन् । केही समस्या परे पनि पैसा हुन्छ । तर अर्काको देशमा हामीलाई पर्ने समस्यामा कसैको ध्यानाकर्षण भएको छैन ।

कम्पनी बन्द गर भनेर सरकारले दबाब पनि दिएको देखिंदैन । बाहिर मानिसहरु पनि धेरै नै हुन्छन् । उनीहरुलाई कुनै प्रकारको नियन्त्रण छैन ।

यहाँ विभिन्न समस्याहरु छन् । काम नभएकाहरुलाई एउटा पीर छ भने काम भएकाहरुलाई छुट्टै पीर छ, कोरोनाको त्रास छ । कोरोना सङ्क्रमण हुन्छ कि भनेर डराइडराइ बाँच्नुपरेको छ । काम नभएकाहरुलाई के खाने कहाँ बस्ने समस्या छ ।

यहाँको सरकार आफैले केही नगरी नेपाली दूतावासलाई भनेर पनि केही हुँदैन । यहाँको तुलना गर्दा हाम्रो देशले नागरिकलाई धेरै गरेको हो । सुरक्षाका कुरामा कुनै कमी गरेको छैन लाग्छ । नेपाल सरकारलाई यही अनुरोध छ कि नेपाल फर्काउने वातावरण बनाइदिओस् ।

 

 

 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया