पछिल्लाे २४ घण्टामा १२ सयभन्दा धेरैको नमुना परीक्षण, सबैको रिपोर्ट 'नेगेटिभ' : मन्त्रालय

 वैशाख २०, २०७७ शनिबार १८:३९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ सङ्क्रमण देखिएको छैन । पछिल्लो २४ घण्टामा परीक्षण भएका १२ सय ५२ वटा नमुना नेगेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो ।

अहिलेसम्म नेपालमा ५९ जनामा कोरोना सङ्क्रमण देखिएकाेमा ४९ जना पुरुष र १० जना महिला छन् । सङ्क्रमितमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले विराटनगरमा ३१ र वीरगञ्जमा आठ जना उपचाररत रहेका छन् । यसैगरी रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा एक/एक जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताउनुभयो ।

अहिलेसम्म पीसीआर विधिबाट १३ हजार ९८ वटा परीक्षण भएका छन् । यसैगरी आरडीटी विधिबाट ४८ हजार पाँच सय २९ वटा परीक्षण भएका छन् ।

प्रदेश १ मा पाँच हजार दुई सय ८२, प्रदेश नम्बर २ मा पाँच हजार ६ सय ८७, वाग्मती प्रदेशमा पाँच हजार पाँच सय १५ वटा आरडीटी परीक्षण भएका छन् । त्यसैगरी गण्डकी प्रदेशमा पाँच हजार चार सय ११, प्रदेश नम्बर ५ मा चार हजार दुई सय ४०, कर्णाली प्रदेशमा पाँच हजार पाँच सय ७१ र सुदूरपश्चिममा १३ हजार आठ सय २३ वटा आरडीटी परीक्षण भएका छन् ।

देशभरि २२ हजार ९ सय ७८ जना क्वरेण्टीनमा रहेका छन् । प्रदेश नम्बर १ मा दुई हजार आठ सय ६५, प्रदेश नम्बर २ मा एक हजार तीन सय ९१ र वाग्मती प्रदेशमा पाँच सय ११ जना क्वरेण्टीनमा छन् । यसैगरी गण्डकी प्रदेशमा ६ सय ३२, प्रदेश नम्बर ५ मा ११ हजार तीन सय चार, कर्णाली प्रदेशमा तीन हजार दुई सय ७५ र सुदूरपश्चि प्रदेशमा तीन हजार जना क्वरेण्टीनमा छन् ।

काठमाण्डाै उपत्यकामा चार र बाहिर ८५ गरी ८९ जना अहिले विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् । 

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया