वामदेव गाैतमलाई 'उपयुक्त समय'मा प्रतिनिधिसभाको उम्मेदवार बनाउने नेकपाको निर्णय

 वैशाख २०, २०७७ शनिबार २१:६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले सचिवालय सदस्य वामदेव गौतमलाई प्रतिनिधिसभा चुनावको उम्मेदवार बनाउने भएको छ ।

शनिबार बसेको सचिवालय बैठकले गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेद्वार बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

गाैतमलाई उपयुक्त समयमा उम्मेदवार बनाएर प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय गरेको र उहाँ प्रतिनिधिसभामा पुगेपछि प्रधानमन्त्री बन्ने बाटो स्वभाविक रुपमा खुला हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।  

साथै नेकपाको स्थायी समितिको बैठक वैशाख २५ गते बस्ने भएको छ । शनिबार बसेको सचिवालय बैठकले वैशाख २५ गते स्थायी समितिको बैठक काठमाण्डाैमा बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । स्थायी समितिको एजेण्डा तय गर्न वैशाख २४ गते सचिवालयको बैठक बस्ने पनि उहाँले जानकारी दिनुभयो ।

स्थायी समितिका २० जना सदस्यले तत्काल स्थायी समितिको बैठक बोलाउन अध्यक्ष ओलीलाई लिखित आग्रह गरेका छन् । शनिबारको सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनमा देखिएको समस्या समाधान गर्न पार्टी एकतालाई रक्षा गर्ने र सुदृढ बनाउने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।

बैठकले पार्टी फुटका कुनै गतिविधमा संलग्न नहुन कार्यकर्तालाई निर्देशन दिने निर्णय गरेको छ । बैठकमा पार्टी र सरकार सञ्चालनका क्रममा भएका कमीकमजोरीबारे अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना गरेको र अर्का अध्यक्ष प्रचण्डलगायत नेताले पनि आत्मालोचित हुँदै अघि बढ्ने सहमति भएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

बैठकमा नेता माधव नेपाललाई तेस्राे अध्यक्ष बनाउने विषयमा भने खास छलफल नभएको उहाँले बताउनुभयो । यस्तै बैठकमा प्रधानमन्त्री ओलीले सरकारले छिट्टै संसद् बैठक बोलाउने तयारी गरिरहेको पनि जानकारी दिनुभएको थियो । 

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • भगवान घिमिरे

    May 3, 2020, 5:56 a.m.

    बामदेव गौतमलाई प्रतिनिधि सभामा लैजानै पर्ने कारण के ? के अरु जनाप्रतिनिधिले भन्दा उनले देश र जनताको लागि बढी काम गर्न सक्छन कि ? उनीसंग के त्यस्तो जादुको छ्डि छ र देशकै कायापलट हुने ? के उनि प्रतिनिधि सभामा आएपछि नेपालमा भ्रस्टाचार सुन्यमा झर्छ ? के नेता र कर्मचारीले कमिशन खान छोड्छन ? के भ्रस्टाचारिहरु रातारात जेल जान्छन ? के भारतले खोसेका कालापानी लिपुलेक भोलिनै फिर्ता आउँछ ? के उनले नेताहरुले भनेजस्तै देशलाई स्विट्जर्ल्याण्ड बनाउन सक्छन ? अरु भएर नहुने उनै चाहिने जरुरि के ? नत्र किन फेरी नेकपाको अर्को साम्सद्लाइ बलिको बोको बनाउनु?

  •  0 Reply

तपाईको प्रतिक्रिया