प्रिमियर लिग बन्द रंगशालामा खेलाउने तयारी : क्लबहरुलाई घाटा

 बैशाख २१, २०७७ आइतबार ९:१४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण इंग्लिस प्रिमियर लिग बन्द रंगशालामा खेलाइने तयारी भएको छ । त्यसका लागि १० वटा तटस्थ रंगशाला छनोट गरिएको छ ।

प्रिमियर लिग बन्द रंगशालामा हुँदा सबै भन्दा धेरै घाटा म्यानचेस्टर युनाइटेडलाई हुने भएको छ । उसले एक खेलमा एक सय ११ मिलियन पाउण्ड घाटा ब्यहोर्ने छ । जसमा कुल ६२७ मिलियन पाउण्ड गुमाउने भएको छ ।

दोस्रो स्थानमा आर्सनल रहेको छ । उसले एक खेलमा ९६ मिलियन पाउण्ड र कुल तीन सय ९४ मिलियन पाउण्ड घाटा खानेछ । तेस्रो स्थानमा टोटनह्याम रहेको छ भने चौथो स्थानमा लिभरपुल र पाँचौ स्थानमा चेल्सी रहेको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया