कांग्रेसको प्रश्न- प्रेसको प्रश्नले आफू बदलिने कि उल्टै प्रेसविरुद्ध द्वेष राख्ने ?

 वैशाख २१, २०७७ आइतबार ९:२४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली कांग्रेसले भयमुक्त र पक्षपातरहित पत्रकारिता गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर यस वर्ष युनेस्कोले तय गरेको नारा ‘भयमुक्त र पक्षपातरहित पत्रकारिता’ अनुरूप नै नेपाली पत्रकार र सञ्चार संस्थाले काम गर्न पाउने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभएको हो ।

यसका लागि विपक्षी दलका नाताले कांग्रेसले खबरदारी गर्ने उहाँको भनाइ छ । सरकार र सरकारको नेतृत्वले बारम्बार प्रेसका विरुद्ध दिएका अभिव्यक्ति र व्यवहार सच्याउन पनि उहाँले अपिल गर्नुभएको छ ।

प्रश्न र आलोचनाको संवैधानिक हक बोकेको मिडियालाई त्यही दायित्व निर्वाह गर्दा कसैले पनि नकारात्मक दृष्टि राख्न नहुने भन्दै सभापति देउवाले प्रश्न गर्नुभएको छ- प्रेसको प्रश्नले आफू बदलिने कि उल्टै प्रेसका विरुद्ध अभिव्यक्ति दिने र द्वेष राख्ने ? 

कांग्रेसले कोभिड-१९ को महामारीले सञ्चारमाध्यमको विज्ञापनदेखि ढुवानीसम्ममा असर परेको तथा कैयौं पत्रकार बेतलबी रहने अवस्था आएकाले यो चुनौती कम गर्न पत्रकार र सञ्चारमाध्यमका लागि विशेष राहत योजना निर्माण गर्न सरकारसंग आग्रह गरेको छ ।

महामारीको मौका हेरेर प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको र यसका केही संकेत सरकारका अभिव्यक्ति र व्यवहारमा देखिएको भन्दै कांग्रेसले लोकतन्त्रको पहरेदारका रूपमा रहेको मुलुकको चौथो अंगमाथि कुनै पनि ढंगले नियन्त्रण गर्न खोज्ने कामविरुद्ध प्रखर रुपले उभिने पनि जनाएको छ ।

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया