रियाल मड्रिडले अर्को साताबाट प्रशिक्षण सुरु गर्ने

 बैशाख २१, २०७७ आइतबार ११:२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - स्पेनको फुटबल क्लब रियाल मड्रिडले अर्को साताबाट प्रशिक्षण सुरु गर्ने भएको छ ।

जिनेदिन जिदानको टिम रियालले मे ११ ताखिरबाट प्रशिक्षण फेरि सुरु गर्ने भएको हो । रियालको भाल्डेबेबास प्रशिक्षणस्थल स्वास्थ्य अवस्थाका कारण पूर्ण रुपमा तयार भएपछि क्लब तयारीमा फर्किने भएको हो ।

प्रशिक्षणका बेला खेलाडीलाई व्यक्तिग रुपमा प्रशिक्षण गराइने भएको छ भने सामाजिक दुरीलाई पनि कायम राखिनेछ । स्पेन सरकारले लगाएको लकडाउन अहिले खुल्ला गरिएको छ ।

प्रशिक्षणका बेला बाहिरको व्यक्तिहरु प्रवेश पाउने छैनन् । खेलाडीलाई पनि एकै पटक भन्दापछि फरक समयमा प्रशिक्षणमा राख्ने तयारी गरिएको छ । ला लिगाका खेलाडीहरुको कोरोना टेष्ट अर्को साता गरिने भएको छ । उनीहरुलाई राष्ट्रिय स्वास्थ्य परिषद्को मापदण्डका आधारमा परिक्षण गरिनेछ ।

ला लिगाले सबै खेलाडी, प्रशिक्षक र स्टाफहरुले भाइरस परीक्षण पास नगर्दासम्म लिग सुरु नहुने बताएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया