सेभ द चिल्ड्रेनद्वारा सरकारलाई विभिन्न स्वास्थ्य सामग्रीहरु उपलब्ध

 वैशाख २१, २०७७ आइतबार १२:४५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सेभ द चिल्ड्रेनले सरकारलाई विभिन्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ । 

सेभ द चिल्ड्रेनले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुक्त ढकाललाई १ हजार ७ सय ४३ थान पीपीई सहित एन ९५ मास्क लगायतका स्वास्ग्य सामग्री उपलब्ध गराएको हो । स्वास्थ्य सामग्रीहरु मध्ये ३ सय ४३ थान पीपीई प्रदेश नम्बर २ को लागि र २ सय थान कर्णाली प्रदेशको लागि उपलब्ध गराइदिन सेभ द चिल्ड्रेनले मन्त्रालयलाई आग्रह समेत गरेको छ ।

बाँकी १ हजार २ सय थान पीपीई र अन्य स्वास्थ्य सामग्री भने मन्त्रालयले आवश्यकताका आधारमा कोरोनाको उपचार हुने स्वास्थ्य संस्थामा उपलब्ध गराउन सक्ने छ ।

स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले बजारमा अभाव भएको सामग्री खोजेर मन्त्रालयलाई उपलब्ध गराएको र यसले कोरोना भाइरस महामारी विरुद्ध विजय प्राप्त गर्न आत्मबल बढाएको बताउनुभयो । उहाँले उपलब्ध स्वास्थ्य सामग्रीको पारदर्शी वितरण हुने र तोकिएको ठाउँमा छिट्टै उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त  गर्नुभयो ।

कोरोना भाइरसको महामारी विरुद्धको लडाईँमा थोरै भए पनि सहयोग होस भन्ने उद्देश्यले सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराईएको सेभ द चिल्ड्रेनकी कार्यबाहक नेपाल प्रमुख बन्दना रिसालले बताउनुभयो । नेपालमा सेभ द चिल्ड्रेनले विगत ४० वर्ष देखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया