वैशाख २६ गते संसद्काे बजेट अधिवेशन बाेलाउने सरकारको निर्णय

 वैशाख २१, २०७७ आइतबार १३:४५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संसद्को बजेट अधिवेशन वैशाख २६ गतेदेखि सुरु हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन वैशाख २६ गते शुक्रबारदेखि सुरु गर्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गर्नुहुनेछ । अधिवेशनमा सरकारले वार्षिक नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नेछ ।

बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरी संसद्ले पारित गर्ने छ ।

सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर संसद् बैठकका लागि भौतिक दुरी कायम रहने गरी कुर्सीको व्यवस्थापन गरिएको संसद् सचिवालयले जानकारी दिएको छ । 

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया