स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – नेपालमा थप १० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । आज भएको परीक्षणमा नेपालगञ्जका ९ जना र पर्साका एक जना गरी १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितकाे सङ्ख्या ६९ पुगेको छ । १६ जना भने उपचारपछि निको भएका छन् । बाँकी ४४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र आज कोरोना पुष्टि भएका नेपालगञ्जका ९ जनालाई नेपालगञ्जकाे कोरोना अस्पताल लैजाने तयारी भइरहेकाे मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले विराटनगरमा ३१ जना, वीरगञ्जमा ९ जना तथा रुपन्देही, भरतपुर, नेपालगञ्ज र धनगढीमा एक/एक जना गरी ४४ जनाको उपचार भइरहेको छ ।
यसैबीच नेपालमा सात वर्षको बच्चामा पनि कोरोना सङ्क्रमण देखिएको छ । आज कोरोना पुष्टि भएका नेपालगञ्जका ९ जनामध्ये एक जना सात वर्षको बच्चा पनि रहेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । उनी बालक वा बालिका भन्नेबारेमा भने उहाँले केही पनि खुलाउनुभएन । उनी नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमित सबैभन्दा सानो उमेरका हुन् ।
मन्त्रालयका अनुसार आइतबारसम्म १३ हजार चार सय १४ जनाको पीसीआर र ४९ हजार ६ सय ८८ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण भएकाे छ । जसमध्ये प्रदेश १ मा पाँच हजार चार सय ९९, प्रदेश २ मा पाँच हजार सात सय ९ र वाग्मती प्रदेशमा आठ हजार पाँच सय १५ जनाको आरडीटी परीक्षण भएको छ ।
यसैगरी गण्डकी प्रदेशमा पाँच हजार आठ सय ३४, प्रदेश ५ मा चार हजार चार सय ९२, कर्णाली प्रदेशमा पाँच हजार पाँच सय ६७ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ७२ जनाको आरडीटी परीक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताउनुभयो ।
अहिले देशभरिका क्वरेण्टीनमा २१ हजार ९ सय ५१ जना रहेकाे पनि उहाँले जानकारी दिनुभयो । प्रदेश नम्बर १ मा दुई हजार ६ सय १८, प्रदेश २ मा एक हजार तीन सय ३७, वाग्मती प्रदेशमा चार सय ४०, गण्डकी प्रदेशमा ६ सय २६, प्रदेश ५ मा १० हजार ६ सय ६७, कर्णाली प्रदेशमा तीन हजार ७८ र सुदूरपश्चिम प्रदेशमा तीन हजार एक सय ८५ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।