चुरे क्षेत्र संरक्षणको लागि नेपाललाई झण्डै ४० मिलियन डलर अनुदान

 वैशाख २१, २०७७ आइतबार १७:५०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चुरे क्षेत्रको दिगो सुधारको लागि नेपालले झण्डै ४० मिलियन डलर अनुदान पाउने भएको छ ।

संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको 'द ग्रीन क्लाइमेट फण्ड' र खाद्य तथा कृषि सङ्गठनले नेपाललाई ३९ दशलमव ३ मिलियन डलर अनुदान दिने सम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको छ ।

विल्डिङ रेसिस्टेन्स चुरे रिजन इन नेपाल (बीआरसीआएन) परियोजनामार्फत यो रकम खर्च हुनेछ । यो रकम नेपालकै बजेटरी प्रणालीमार्फत खर्च हुनेछ । चुरे क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव कम गर्ने र प्रभावित परिवारलाई संरक्षण गरेर दिगो विकास गर्न यो कार्यक्रम लागू हुने अर्थ मन्त्रालयले जनाएको छ ।

यो कार्यक्रम अन्तर्गत प्रदेश एक, दुई र वाग्मती प्रदेशका २६ वटा नदी प्रणालीको सुधार गर्ने र दुई लाख ६ हजार परिवारलाई समेटिने सम्झौतामा उल्लेख छ । यो कार्यक्रम साढे ६ वर्षमा पूरा हुनेछ । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया