उद्योगहरूको बिजुली नकाट्न प्राधिकरणलाई नियमन आयोगको पत्र
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - होटल व्यवसायीले ६ महिनासम्म होटल बन्द गर्ने निर्णय गरेका छन् । आइतबार बसेको होटल एसोसिएसन अफ् नेपाल (हान) को बैठकले कोरोना भाइरसको कारण होटल व्यवसाय सबैभन्दा मारमा परेको र लकडाउन खुलेपछि पनि व्यापार हुने सम्भावना नरहेकाले असोजसम्म सबै होटल बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले सबै ठूला व्यवसायीले कम्तीमा ५० प्रतिशत तलब कर्मचारीलाई दिनैपर्ने निर्णय गरेपछि होटल व्यवसायीले होटल नै बन्द गर्ने निर्णय गरेका हुन् ।
उनीहरुले कर्मचारीलाई होटल बन्द रहँदा पनि आधारभूत तलबको १२ दशमलव ५ प्रतिशत तलब दिने बताएका छन् । यदि यो तलब नदिने र असहमति जनाउने कर्मचारीलाई सेवा सम्झौता रद्द गरेर निष्कासन गर्ने व्यवसायीको तयारी छ ।
१२ दशमलव ५ प्रतिशत तलब लिन असहमत गरेको समयदेखि सबै सदस्य होटलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीको प्रक्रिया सुरुरू गरेको सूचना दिएर आंशिक वा पूर्णरुपमा कर्मचारी कटौती गरिने निर्णय सङ्घले गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
खेमराज
May 4, 2020, 12:20 a.m.श्रमिकका दालचामल सकिए, कृषकका नुन तेल सकिए, किनेर खानेका पैसा सकिए, कोरोना ले मरिएला नमरिएला, भोकमरीले पो मरिने भईयो भनेर धेरै आत्तिईसके । लौन केहि त गह्रौं !