अमेरिकामा संघीय कर्मचारीलाई निकालेको विरुद्धमा र्‍याली

 फागुन १०, २०८१ शनिबार १५:२१:४७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकामा संघीय कर्मचारीलाई हटाएको विरुद्धमा र्‍याली निकालेका छन् । वासिङ्टनमा रहेको अमेरिकी वातावरण संरक्षण एजेन्सीको मुख्यालय बाहिर भेला भएका प्रदर्शनकारीहरुले आफ्ना सेवाहरु बचाउन आग्रह गरेका छन् । चिसो मौसमको सामना गर्दै भेला भएका उनीहरुले प्लेकार्डहरू बोकेका छन् ।

अमेरिकी प्रशासनले संघीय खर्च घटाउन कर्मचारी कटौती गरिरहेको छ । अहिलेसम्म दुई लाखभन्दा धेरै संघीय कामदारहरू हटाइएकाे चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

यसैबीच अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी यूएसएआईडीका कर्मचारीलाई बिदा गर्न बाटो खुलेको छ । स्थानीय अदालतले कर्मचारी बिदा गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अनुमती दिएको हो ।

वाशिङटनका न्यायाधीश कार्ल निकोल्सले मुद्दाको शुरुवातमा लागू गरिएको अस्थायी रोक आदेश खारेज गर्नुभएको हो । निकोल्सलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले नै पहिलो कार्यकालमा नियुक्त गर्नुभएको हो ।   

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया