स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – सरकारले सीमा क्षेत्रमा थप कडाइ गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको छ । कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि सीमा क्षेत्रमा थप सुरक्षा सर्तकता अपनाउन लागेको गृह मन्त्रालयले जनाएको छ ।
सीमाबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि त्यसरी प्रवेश गर्नेलाई निगरानी गर्न सुरक्षा बल बढाउनेसमेत तयारी गरिएकाे छ । सीमामा खटिएका सुरक्षाकर्मीका लागि आवश्यक स्रोत साधनको व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएको गृह मन्त्रालयले जनाएको छ ।
यसअघि बसेको सुरक्षा समिति बैठकको निर्णय अनुसार महत्वपूर्ण क्षेत्रमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने र त्यहाँ रहेका सशस्त्र र नेपाल प्रहरीलाई भने सीमा सुरक्षामा खटाउने गृहकार्य भइरहेको हो । कारागार, विकास निर्माण आयोजनालगायतका महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमामा पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
गृह मन्त्री रामबहादुर थापाले कोरोना सङ्क्रमणको केन्द्र चीन, युरोप, अमेरिका हुँदै अब दक्षिण एसियातर्फ बढ्न लागेकाले खुला सीमाना रहेको कारण नेपालले विशेष सावधानीमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
गृह मन्त्री थापाले सीमा सुरक्षाका विषयमा भारत सरकारसँग पनि आवश्यक छलफल गर्ने बताउनुभएको छ । यसअघि मन्त्रालयले सीमावर्ती जिल्लामा १४ हजार सुरक्षाकर्मीलाई बढाएर २२ हजार पाँच सय पुर्याएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।