म्याग्दीमा एकैदिन ३ जनामा डेङ्गी देखियाे

 वैशाख २२, २०७७ सोमबार ११:४७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

म्याग्दी – म्याग्दीमा एकैदिन तीन जनामा डेङ्गी देखिएकाे छ । बेनी अस्पतालमा उपचारका लागि पुगेका एक महिला र दुई पुरुषमा डेङ्गी देखिएकाे हो ।

एक्कासी टाउको दुख्ने, हात खुट्टाका जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि उपचारका लागि आएका बेनी नगरपालिका ५, ६ र ९ का एक/एक जनामा डेङ्गी देखिएको अस्पतालका क्लिनिकल प्रमुख डाक्टर नवराज बस्ताकोटीले बताउनुभयो ।

नयाँ बिरामीसँगै म्याग्दीमा डेङ्गी देखिएकाकाे सङ्ख्या पाँच पुगेको छ । वैशाख महिनाका तीन हप्तामा चार पुरुष र एक महिलामा डेङ्गीको सङ्क्रमण देखिएसँगै म्याग्दी डेङ्गीको उच्च जोखिममा रहेकाे डाक्टर बस्ताकोटीको भनाइ छ ।

लामखुट्टे सक्रिय हुन थालेकाले अब डेङ्गीको जोखिम बढ्ने डाक्टरले बताउँदै आएका छन् । पोथी लामखुट्टेकाे टोकाइका कारण डेङ्गी लाग्ने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन डाक्टरले सुझाव दिँदै आएका छन् ।

यो जातको लामखुट्टेले सफा पानीमा फुल पार्ने हुँदा पानीलाई राम्ररी छोप्न र एक हप्ताभन्दा लामो समयसम्म एउटै भाँडामा पानी नराख्न डाक्टरको सल्लाह छ । यस्तै घर वरिपरि सफा गरी पानी जम्ने खाल्डाखुल्डी पुर्न पनि डाक्टरको सुझाव छ । 

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया