नेशनल लाइफको प्रिमियम अब 'ई सेवा' र 'फोन पे'बाट तिर्न मिल्ने

 बैशाख २३, २०७७ मंगलबार ९:४५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम अब ई सेवा र फोन पेमार्फत तिर्न सकिने भएको छ । अहिले ई सेवा र फोन पेमार्फत प्रिमियम तिर्न सकिने व्यवस्था गरिएको र कनेक्ट आईपीएसमार्फत पनि तिर्न मिल्ने व्यवस्था छिट्टै मिलाइने कम्पनीले जनाएको छ ।

यससँगै बीमितले पोलिसी रिन्युबापतको रकम डिजिटल भुक्तानी गर्न सक्ने भएका छन् । यस्तै लकडाउनकाे बेला अहिलेसम्म एक करोड ८४ लाख रुपैयाँ दाबी भुक्तानी गरिएको छ ।

लकडाउनकाे कारण कम्पनीका कार्यालयमा आएर दाबीको निवेदन दिन नसक्ने अवस्था रहेकाले इमेलमार्फत निवेदन लिएर डिजिटल भुक्तानीमार्फत रकम उपलब्ध गराएको नेशनल लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया