उद्योगहरूको बिजुली नकाट्न प्राधिकरणलाई नियमन आयोगको पत्र
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै – उपचारपछि निको भएर घर फर्किएका तीन जनामा फेरि कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण देखिएको छ । काठमाण्डाै, वीरगञ्ज र रौतहटका एक/एक जनामा फेरि कोरोनाको सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले वीरगञ्जमा उपचारपछि निकाे भएकामा फेरि सङ्क्रमण देखिएर अस्पतालमा भर्ना भएकाे खबर आएको जानकारी दिनुभयो ।
काठमाण्डाैकाे सनसिटी अपार्टमेन्टमा यसअघि सङ्क्रमण देखिएर उपचारपछि निको भएका पुरुषलाई फेरि सङ्क्रमण भएको डाक्टर देवकोटाले जानकारी दिनुभयो ।
त्यस्तै भारतबाट फर्केका रौतहटका एक युवकमा पनि सङ्क्रमण दोहोरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।