कोरोनाको सङ्क्रमण प्रदेश १ मा सबैभन्दा धेरै, कर्णालीमा शून्य

 बैशाख २४, २०७७ बुधबार १७:२०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोनाको सङ्क्रमण प्रदेश १ मा सबैभन्दा धेरै देखिएको छ ।

अहिलेसम्म एक नम्बर प्रदेशमा ३१ जना, दुई नम्बर प्रदेशमा ३० जना, वाग्मती प्रदेशमा सात जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, गण्डी प्रदेशमा दुई जना, प्रदेश नम्बर ५ मा २४ जना र सुदूरपश्चिम प्रदेशमा ५ जनालाई सङ्क्रमण भएको छ । कर्णाली प्रदेशमा भने अहिलेसम्म कोरोना सङ्क्रमण भेटिएको छैन ।

यस्तै, गएको ११ वैशाखमा डिस्चार्ज भएका काठमाण्डौका एक पुरुषको नमुना परीक्षण गर्दा  फेरि सङ्क्रमण पाइएको छ । त्यसैगरी, वीरगन्जका ४४ वर्षका एक पुरुष र रौतहटका १९ वर्षका युवकमा पनि सङ्क्रमण दोहोरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया