नेकपा विवाद फेरि चुलियो

 वैशाख २५, २०७७ बिहीबार ८:४४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद फेरि बढेको छ । आज बस्ने भनिएको स्थायी कमिटी बैठकका एजेण्डाबारे दुई अध्यक्षबीच नै सहमति हुन नसकेपछि केही दिनदेखि मत्थर भएको ठानिएको विवाद फेरि सतहमा आएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठक तथा दुई अध्यक्षबीच भएको छलफलमा स्थायी कमिटीको बैठकका एजेण्डाबारे सहमति हुन नसकेपछि आजका लागि तय भएको स्थायी कमिटी बैठक नबस्ने भएको नेकपाले जनाएको छ ।

हिजोको बैठकको बीचमै अध्यक्ष केपी शर्मा ओली आफू थाकेको भन्दै बैठक कक्षबाट बाहिरिएको र बैठकमा नफर्किएपछि दुई अध्यक्षले मात्र छलफल गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

यसअघि गएको वैशाख २० गतेको सचिवालय बैठकले आज स्थायी कमिटी बैठक बस्ने र हिजो सचिवालयले बैठकका एजेण्डा तय गर्ने निर्णय गरेको थियो । त्यो सचिवालय बैठकपछि नेकपाभित्रको विवाद समाधान भएको नेताहरुले दाबी गरेका थिए । 

स्थायी कमिटीको बैठक राख्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका २० जना स्थायी कमिटी सदस्यले लिखित रुपमै माग गरेका छन् भने अध्यक्ष ओली स्थायी समितिको बैठक तत्कालै नराख्ने पक्षमा हुनुहुन्छ ।

नेकपाभित्र एक व्यक्ति एक पद कार्यान्वयन गर्नुपर्ने, अहिलेसम्मका कमजोरीप्रति सबैले आत्मालोचना गर्नुपर्नेलगायतका विषय उठिरहेका
छन् ।

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया