गुल्मीको रेसुङ्गा विमानस्थलमा फागुन महिनाभर उडान नहुने
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै – आज कानुन दिवस, कानुन र न्याय क्षेत्रमा संलग्नहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । २००९ साल वैशाख २६ गते नेपाल प्रधानन्यायालय ऐन, २००८ लागू भएको सम्झनामा हरेक वर्ष वैशाख २६ को दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।
न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको सुरुवात गर्ने व्यक्तित्वको योगदानको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । तर कोरोना भाइरसको जोखिमका कारण औपचारिक कार्यक्रम भने आज हुने छैन ।
दिवसका अवसरमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्न सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
उहाँले शुभकामना सन्देश निकाल्दै कोरोनाको महामारीको प्रभाव न्याय क्षेत्रमा पनि परेको र नेपाललगायत महामारीबाट प्रभावित देशका अदालतले सङ्कुचनसहितको न्याय सम्पादन र सेवा प्रवाहको व्यवस्थापन गर्दै आएकाे उल्लेख गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।