सात महिनामा दुई खर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै - हिमालयन एयर लायन्सको कार्गाे जहाज स्वास्थ्य सामग्री लिन चीनको छोङ्छिङ् प्रस्थान गरेकाे छ। कोभिड-१९ रोगको नियन्त्रण र रोकथाममा प्रयोग हुने अत्यावश्यक स्वास्थ्य सामग्रीहरु ढुवानीका लागि विमान चीन प्रस्थान गरेको हो ।
हिमालयको विमान शुक्रबार साँझ ५ बजेर १ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हो । विमान राति ११ बजेर २५ मिनेटमा छोङ्छिङ् जियाङ्गबे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
कम्पनीको जहाजले विगत दुई हप्ताभित्र ग्वान्झाउ र चाङ्सामा चारवटा कार्गो उडान गरिसकेको छ । कम्पनीको विमान तेस्रो गन्तव्य सहरको रुपमा आज र भोलि चीन उड्न लागेको हो ।
काठमाण्डौ चीनका गन्तव्यहरु ग्वान्झाउ र चाङ्शामा विगत दुई हप्ताभित्र चारवटा सफल कार्गो उडानपछि हिमालय एअरलाइन्सले यस महिना चीनका विभिन्न गन्तव्य शहरहरु केन्द्रीत केही थप कार्गो चार्टर संचालन गर्न लागिरहेको छ ।
कार्गो विमानले चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क र पञ्जालगायत अन्य कोभिड–१९ औषधीजन्य सामग्री ल्याउने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।