इटहरी गोल्डकपको उपाधि मच्छिन्द्र क्लबलाई
फागुन ११, २०८१ आइतबार
साझा पार्टीले भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेकोमा विरोध गरेको छ ।
साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले विज्ञप्ति निकालेर धेरै ठाउँमा भारतद्वारा नेपालको सीमा अतिक्रमण भएको र भारतले ६ महिना पहिले नयाँ नक्सा जारी गरी नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो दावी गरेको र अहिले थप हस्तक्षेप गर्दै सडक मार्ग निर्माण गरेकोमा भत्र्सना गर्नुभएको हो ।
भारत सरकारको लगातारका यस्ता कदम अन्तराष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको साझा पार्टीले ठहर गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतले गरेको सीमा अतिक्रमण र नयाँ नक्सामा नेपाली भूमि समेटिएको विषय सुल्झाउन नेपालका तर्फबाट भारत सरकारसँग परिणाममुखी कुटनीतिक संवाद हुन नसक्नु दुखद् भएको भन्दै साझा पार्टीले आफ्नो भूभागमा छिमेकी देशले सडक निर्माण गरेर उद्घाटन गर्दासम्म नेपाल सरकार बेखवर रहेको देखिनु भएको उल्लेख छ ।
साझा पार्टीले भारतले सबै अतिक्रमित भूमि छोडेर जानुपर्ने, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्नुपर्ने, पछिल्लो समय भारतले जारी गरेको नयाँ नक्सा सच्याउनुपर्ने र नेपाली भूमिमा सडक निर्माण गरेकोमा क्षमायाचना गर्नुपर्ने माग पनि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।