अमेरिकाले चीनबाट आउने पत्रकारहरुका लागि भिसा नियममा कडाइ गर्‍याे

 वैशाख २७, २०७७ शनिबार १४:१५:१४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाले चीनबाट आउने पत्रकारहरुलाई शुक्रबार नयाँ भिसा नियम जारी गरेकाे छ । अमेरिकाबाट चीन जाने पत्रकारहरुसँग गरिएकाे व्यवहारकाे जवाफमा याे कदम उठाइएकाे अमेरिकाले बताएकाे छ । 

पछिल्लाे महिनायता अमेरिका र चीनले एकअर्का देशबाट आएका पत्रकारहरुलाई लिएर जवाफी कारबाही गरेका छन् । गएकाे मार्चमा चीनले केही अमेरिकी पत्रकारहरुलाई देश छाेड्न भनेकाे थियाे । ती पत्रकारहरु अमेरिकी अखबारकाे लागि काम गरिरहेका थिए । 

त्यसकाे एक महिनापछि  अमेरिकाले अमेरिकामा काम गरिरहेका चीन सरकारकाे नियन्त्रणमा रहेका पाँच वटा मिडिया आउटलेट्सलाई विदेशी दूतावासकाे दर्जा दिने बताएकाे थियाे । त्यसकाे एक दिनपछि चीनले वाल स्ट्रीट जनरलका तीन जना पत्रकारलाई निष्कासित गरिदियाे । 

निष्कासित गरिएकामध्ये दुई जना अमेरिकी र एक जना अस्ट्रेलियाली नागरिक थिए । चीनकाे याे फैसलालाई वाल स्ट्रीट जनरलमा छापिएकाे एक लेखसँग जाेडेर पनि देखाइएकाे थियाे । चीनले भने त्याे लेखलाई जातीयताकाे संज्ञा दिएकाे थियाे । 

शुक्रबार नयाँ नियम जारी गर्दै अमेरिकाकाे हाेमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले चीनमा स्वतन्त्र पत्रकारिताकाे दमन भइरहेकाे बताएकाे छ । याे नयाँ नियम साेमबारबाट लागू हुनेछ । 

याे नियम अनुसार चीनबाट आउने पत्रकारहरुलाई ९० दिनसम्म मात्र राेकिन सक्ने अनुमति दिइनेछ, यद्यपि भिसा अवधि बढाउन सक्ने अवधि पनि दिइएकाे छ ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया