पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – म कुनै राजनीतिक दलको कार्यकर्ता होइन । कसैलाई चिप्लो घसेर फुर्काउन पनि आउँदैन । न त नेताहरुको झोला बोकेर र मान्छे रिझाएर जागिर नै खाएको हो ।
यी सबै कुराबाट माथि उक्लेर आफूलाई स्वच्छ बनाएँ र त आज खाडीको तातो हावामा आफूलाई डढाइरहेको छु ।
म तीन वर्ष पहिले आफ्ना तमाम समस्या हल गर्ने र सुनौला सपना पूरा गर्ने भनेर यस ठाउँमा आएको थिएँ । बीचमा घर जाने, आउने भइरहन्थ्यो । तर यसपटक भने विश्वव्यापी फैलिएको कोरोना महामारीले गर्दा त्यसो हुन पाएन ।
जहिल्यै पनि अप्रिल २४ देखि मेरो भ्याकेसन (छुट्टी) हुन्थ्यो । तर यसपटक भने कम्पनीको भ्याकेसन अनुभव नै गर्न पाइएन । मार्च १३ तारिख नै मेरो रोजगारीको अन्तिम दिन भयो ।
अनिश्चितकालका लागि कम्पनी बन्द भयो । कोरोनाको माहामारी सामान्य नहुन्जेलसम्म कम्पनी बन्द गर्ने भनेको छ । कम्पनीले बेतलबी बिदा दिएर राखेको छ । ५५ दिन भयो यसरी नै बेतलबी भएर बसेको ।
कोरोनाले मलाई शारीरिक रुपमा असर नगरे पनि मानसिक तथा आर्थिक रुपमा म लगायत मेरो परिवारमा समेत यसको नराम्रो असर परेको छ । खाने खर्चदेखि कोठाभाडा सबै आफैले तिर्नुपर्छ । समस्या दिनदिनै बढिरहेका छन् । दुई महिनाभन्दा अगाडिको तलबले दैनिकी चलाइरहनुपरेको छ । त्यो पनि सकिसक्यो । अब मलाई कोरोनाको भन्दा ठूलो डर विदेशी भूमिमा भोकै मर्छु कि भन्ने छ ।
म जस्तै लाखौं श्रमिकहरु यस्तै समस्या झेलिरहेका छन् । यस्तो अवस्थामा घर फर्कन पाउँ भनेर मजस्तै लाखौं श्रमिकको नेपाल सरकारलाई अनुरोध गरेका छौं ।
अवस्था सहज भएको बेला हामीले देशमा रेमिट्यान्स भित्र्यायौं । आज गास, बास र रोजीरोटी गुम्दा, गहभरी आँसु पार्दै हामीलाई लिन जहाज कहिले आउँछ भनेर आकाशमा हेरेर बस्नुको विकल्प छैन ।
मसँगै काम गर्ने भारत, पाकिस्तान, फिलिपिन्स, युरोपेली देशका श्रमिकहरुलाई उनीहरुको देशले स्वदेश फर्काएको छ । अहिले उनीहरु आफ्नो परिवारसित खुशीसाथ बसेका छन् ।
तर हाम्रो देशले परदेशमा समस्यामा परेका आफ्ना नागरिकलाई उद्धार गर्ने यत्ति पनि हिम्मत गर्दैन । साह्रै दुःख लाग्छ ।
दूतावासमा पचास पटक फोन गर्दा पनि फोन उठ्दैन । फोन उठिहाले पनि सान्त्वना र सद्भावनाको साटो अन्तर्वार्ता दिनुपर्छ हामीहरुले । म यहाँ मर्न चाहान्नँ । यदि मेरो देशमा सरकार छ भने नागरिकलाई सरकार हुनुको अनुभूति दिलाऔं ।
बरु म नेपाल फर्केर आफ्नै देशमा बनिबुतो गर्छु । बाँझा पाखामा सुन फलाउन प्रयत्न गर्छु । परिवार र सानी छोरीसँगै सुखदुःख साट्न चाहन्छु । बिन्ती छ सरकार मजस्ता धेरैलाई यस्तो समस्याबाट मुक्ति दिलाइदेउ । हामीलाई स्वदेश फर्किने वातावरण मिलाइदेउ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Kamal Sunar
May 10, 2020, 12:43 p.m.नेपाल गुलामी , कमजोर थियो संधै कमजोर नै हुन्छ / नेपालको अगाडि हात फैलाएर केही हुनेवाला छैन / नेपालमा जन्मिनु अनि नेपाली हुन् नै हाम्रो अभाग्य हो अहिले नेपालको अवस्था हेर्दा /
Bishal
May 10, 2020, 11:53 a.m.अब त अति भो , दुइ महिना हामीले सरकारलाई सहयोग गर्यौं / सरकारले बस भन्यो, हामी बस्यौं ...अब परिस्थिति त्यस्तो छैन जुन २ महिना अगाडि थियो ...धेरैलाई गाह्रो छ /म आफै पनि सरकारको यो लाचारीपनवाट पीडित छु / उज्यालोले घर आउन चाहने नेपालीको विषयमा जोडदार रुपमा उठाउन पर्यो , यसले उज्यालोलाईअझै लोकप्रिय बनाउँछ /