स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – काठमाण्डाै उपत्यकामा १० हजार जनाको कोरोना परीक्षण गर्ने लक्ष्य अनुसार नमुना सङ्कलन थालिएको छ ।
देशभरि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले उपत्यकामा १० हजारको कोरोना परीक्षण गर्ने लक्ष्य लिएको छ । उपत्यकामा राहत वितरण गर्ने स्वयंसेवक, तरकारी व्यापारी, पत्रकार र सुरक्षाकर्मीलगायतको कोरोना परीक्षण गरिनेछ । त्यही अनुसार बिहीबार कालीमाटी तरकारी बजारमा कोरोना परीक्षणकाे लागि नमुना सङ्कलन गरिएकाे छ ।
कालीमाटीमा ६ सय जनाको कोरोना परीक्षण गर्न नमुना सङ्कलन गरिएको हो । काठमाण्डाै महानगरपालिकाका १३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धरका अनुसार दुई सय जनाको पीसीआर परीक्षणका लागि नमुना सङ्कलन गरिएको र चार सय जनाको आरडीटी परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ । होलसेल बजारलाई लक्षित गरी थोक बिक्रेता बढी व्यक्तिहरुको सम्पर्कमा रहनेहरुको पीसीआर र सवारी चालक तथा तरकारी ओसार्ने व्यक्तिहरुको आरडीटी परीक्षण गरिएको उहाँले बताउनुभयो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले जोखिममा परेका समूह निर्धारण गरी पहिलो चरणमा १० हजारको नमुना परीक्षण गरिने बताउनुभयो । पहिला विभिन्न अस्पतालमा कार्यरत चिकित्सक, सुरक्षाकर्मी, तरकारी व्यापारी र सञ्चारकर्मीहरुको परीक्षण गरिने उहाँले बताउनुभयो । बिहीबार कालीमाटी बजारसँगै टिचिङ अस्पतालमा कार्यरत चिकित्सकहरुको पनि नमुना सङ्कलन गरिएको उहाँले बताउनुभयो ।
चार दिनभित्र १० हजारको नमुना परीक्षण गरिसक्ने तयारी सरकारले गरेको छ । पहिलो चरणको रिपोर्ट आएपछि दोस्रो चरणकाे कार्यक्रम सुरु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sudan Pandey
May 14, 2020, 4:25 p.m.चेक गर्न के गर्नुपर्छ यसको प्रक्रीया के हुन्छ बताईदीनुन