स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या दुई सय ६७ पुगेकाे छ । पछिल्लाे पटक थप नाै जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाण्डाै, वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएकाे परीक्षण अनुसार नाै जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।
सङ्क्रमित हुनेहरुमा पर्साकाे वीरगञ्जका नाै र १० वर्षीय बालक, २३ वर्षीय युवती र ४७ वर्षीया महिला रहेका छन् । उदयपुर त्रियुगा नगरपालिकाका २५ वर्षीय युवक, दाङकाे गढवा–४ का पाँच वर्षीय बालक र तुलसीपुर–७ का २३, ३६, र ३४ वर्षीय पुरुष तथा काठमाण्डाैकाे सात वर्षीय बालकमा काेराेना पुष्टि भएकाे हाे ।
सङ्क्रमितहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ । सङ्क्रिमतमध्ये अहिलेसम्म ३६ जना उपचारपछि निकाे भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।