चीनले बेच्यो २३ खर्बको औषधी र उपकरण,  झण्डै ५१ अर्ब मास्क निर्यात

 जेठ ४, २०७७ आइतबार ११:३६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनले साढे २ महिनामा झण्डै २३ खर्ब नेपाली रुपैयाँ बराबरको औषधी र मेडिकल उपकरण निर्यात गरेको छ ।

ग्लोबल टाइम्सका अनुसार चीनले मार्चदेखि अहिलेसम्म १८ दशमलव ९ विलियन अमेरिकी डलर बराबरको औषधी तथा उपकरण बिक्री गरेको छ । साढे २ महिनाको अवधिमा सबैभन्दा धेरै औषधी र मेडिकल उपकरणको निर्यात अमेरिका, जर्मन र जापानमा रहेको पनि ग्लोबल टाइम्सले जनाएको छ । 

मार्चयता चीनले ५० अर्ब ९० करोड थान मास्क निर्यात गरेको जनाएको छ । फेब्रुअरीको सुरुसम्म चीन आफैँले अरुदेशबाट मास्क सहयोग लिइरहेको थियो । तर मार्चमा ठूला कम्पनीले मास्क उत्पादन थालेपछि निर्यात सुरु गरेको हो ।

चीनमा झण्डै एक दर्जन कम्पनीले दैनिक ५० लाख मास्क उत्पादन गरिरहेका छन् । बीवाईडी कम्पनीले मात्रै दैनिक ५५ लाख मास्क उत्पादन गरिहरेको छ  । दैनिक ३० लाख भन्दा धेरै मास्क बनाउने कम्पनीको संख्या झण्डै ३ दर्जन छ । 

यस्तै मार्चयता १६ करोड २० लाख थान टेष्ट किट र  २१ करोड ६० लाख थान पीपीई अन्तर्गतको सुट निर्यात भएको छ । यस्तै ७२ हजार ७ सय थान भेन्टिलेटरको निर्यात भएको चीनले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • Biplob Rakhal

    May 18, 2020, 11:11 a.m.

    चीनले कति कमायोसंग मलाई मतलब भएन / नेपालले कति मास्क उत्पादन गर्यो र कति पैसा जोगायो ..त्यसको खबर लेख्नुस ...संधै अरुको आँगन हेरेर बस्ने हो हामी ??

  •  0 Reply

तपाईको प्रतिक्रिया