एनपीएलको लागि टिकट मूल्य, तीन सयदेखि एक हजार रुपैयाँसम्म
मंसिर ११, २०८१ मंगलबार
काभ्रेपलाञ्चाेक - कन्टेनर भ्यानमा आइतबार बिहान धुलिखेल आइपुगेका ५० भारतीय मजदुरलाई सिन्धुपाल्चोक फर्काइएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई बिहान धुलिखलको बस बिसौनी नजिकैबाट नियन्त्रणमा लिएको थियो । सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिइ मध्याह्नतिर उतै फर्काइएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो ।
उहाँका अनुसार ती भारतीय नागरिकलाई धुलिखेलको खेलमैदानमा राखेर सावधानीपूर्वक खाना खुवाएर दुई वटा गाडीमा सिन्धुपाल्चोकतर्फ नै फर्काइएको हो । भारतीय नागरिक धुलिखेल आइपुगेको विषयमा गृह मन्त्रालयलाई जानकारी गराइ सिन्धुपाल्चोक प्रशासनसँग समन्वय गरी सबैलाई उतै फकाईएको प्रजिअ तिमल्सिनाले बताउनुभयो ।
उहाँका अनुसार ती भारतीय नागरिक विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन् । कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको तिमल्सिनाले बताउनुभयो ।
सिन्धुपाल्चोक प्रशासनसँगको समन्वयमा विद्युत् प्रसारण लाइनका ठेकेदार कम्पनीले नै ती मजदुरलाई सुरक्षित साथ राख्ने सहमति भए अनुसार मजदुरलाई सिन्धुपाल्चोक नै फर्काइएको हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१३ को जल्केनीमा तामाकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइनमा खटेका उनीहरु बा३ख २५४६ नम्बरको कन्टेनर भ्यानमा चढेर धुलिखेल आएका थिए ।
बिहान करिब आठ बजे जिल्ला सदरमुकाम धुलिखेलको बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गको जङ्गल क्षेत्रमा कन्टेनर भ्यानले ती नागरिकलाई ओरालेको थियो ।
यसअघि गृह मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत यही जेठ १ गतेदेखि लागू हुनेगरी बन्दाबन्दीको समयका लागि एक जिल्लाबाट अर्को जिल्ला र जिल्लाभित्रका लागि जारी गरिएका सबै किसिमका पास र गरिएको रद्द गरिएको जानकारी गराएको थियो ।
यसैबीच कोरोना भाइरसका कारण स्वासप्रस्वासमा समस्या भएपछि उपचारार्थ गएको बिहीबार राति ९ः३० बजे धुलिखेल अस्पताल आएकी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेको २९ वर्षीया सुत्केरी महिलाको गत सोही दिन राति मृत्यु भएपछि काभ्रेपलाञ्चोकका अरनिको र बिपी राजमार्गमा थप कडाइ गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।