जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको ४ अंकको अग्रता

 जेठ ५, २०७७ सोमबार ६:५३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - जर्मन बुन्डेस लिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले फेरि ४ अंकको अग्रता बनाएको छ ।

आइतबार राति बर्लिनलाई २–० गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानको बोरसिया डर्टमण्डसँग ४ अंकको दूरी बनाएको हो । बायर्नलाई सहज जित दिलाउने क्रममा रोबर्टो लेवान्डोस्की र बेन्जामिन पाभार्डले एक एक गोल गरेका थिए ।

बर्लिनको घरेलु मैदानमा बायर्नका थोमस मुलरले पहिलो हाफको १८ औं मिनेटमा गोल गरे पनि भीएआरले मान्यता दिएन । ४० औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको बायर्नले ८१ औं मिनेटमा पाभार्डले गोल थप्दै २–० को जित दिलाए ।  

लिग अन्तर्गत  आइतबार राति नै भएको पहिलो खेलमा  खेलमा मैन्ज र क्लोनले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया