१३ औँ सागका पदकधारी प्रशिक्षकले नगद पुरस्कार पाए

 जेठ ५, २०७७ सोमबार १५:९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदकधारी प्रशिक्षकले नगद पुरस्कार पाएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले सागका विभिन्न प्रतिस्पर्धामा पदक जिताउने मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकको पुरस्कार रकम सम्बन्धित व्यक्तिको खातामा राखिदिएको हो । स्वर्ण पदक विजेता मुख्य प्रशिक्षकले पाँच लाख, रजतले तीन लाख र कास्यले दुई लाख रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै स्वर्ण जित्ने सहायक प्रशिक्षकले तीन लाख, रजतले दुई लाख र कास्यले एक लाख रुपैयाँ प्राप्त गरेका छन् । मन्त्रालयका प्रवक्ता मानबहादुर वीकेले पदक विजेता ६८ जना प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई एक करोड ८६ लाख रुपैयाँ सम्बन्धितको खातामा राखिएको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया