प्रिमियर लिग खेल्ने ३ क्लबका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि

 जेठ ७, २०७७ बुधबार ८:४३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -  प्रिमियर लिग खेल्ने क्लबका ६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । आइतबार र सोमबार गरिएको तीन वटा क्लबको ७ सय ४८ जनाको परीक्षणमा ६ जनामा सङ्क्रमण देखिएको बीबीसीले जनाएको छ ।

जुन महिनाबाट प्रिमियर लिग सञ्चालन गर्ने योजनामा रहेको आयोजक संस्थालाई यो घटनाले थप धक्का पुगेको छ । सङ्क्रमण देखिएका खेलाडी वा स्टाफको नाम भने गोप्य राखिएको छ ।

सङ्क्रमण देखिएकालाई सात दिनको आइसोलेसनमा राखिएको छ ।

प्रिमियर लिगका क्लबहरुले मंगलबारबाट समूहमा प्रशिक्षण सुरु गरिसकेका छन् । कोरोनाका कारण मार्च १३ तारिखबाट लिग स्थगित रहेको छ । जसका कारण प्रिमियर लिगमा ९२ खेल खेल्न बाँकी रहेका छन् ।

प्रोजेक्ट रिस्टार्टको योजना अनुसार प्रिमियर लिग सञ्चालन गर्ने योजनामा रहेको एफएले यो सङ्क्रमणपछि के निर्णय गर्नेछ भन्ने सबैको चासो रहेको छ ।

अन्तिम अपडेट: असार २८, २०७७

तपाईको प्रतिक्रिया