स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षणमा सरकारले कुनै शुल्क नतोकेको स्पष्ट पारेको छ ।
सरकारले कुनै शुल्क नतोकेको तर केही अनलाइन मिडियाले १५ हजार रुपैयाँ तोकेको भन्दै समाचार सम्प्रेषण गरेकोप्रति स्वास्थ्य मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयका अनुसार लाइनमा र भिडाभाडमा बस्न नचाहने स्वदेशी र विदेशीका लागि शुल्क लिने तयारी गरेको तर अहिलेसम्म कुनै पनि शुल्क तयार नभएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।
कोरोनाको सशुल्क वा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यक्ति स्वयंको इच्छा हुने मन्त्रालयले प्रष्ट पारेको छ । यस्तै स्वास्थ्य परीक्षणका लागि तोकिएको सम्पूर्ण मापदण्ड पुराएको हुनुपर्ने विज्ञप्तिमा भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Dhan Tamang
May 20, 2020, 6:42 p.m.करोडौं को घोटला गरेर नि नपुग्ने भिखारिहरु र त्यसको सन्तानहरुलाई लाग्नु पर्ने कोरोना ।। जेसमा पनि विवादित 😡😡😡😡 नक्सा त उतार्यो खै त्यहा सैनिक ।। भुमी त भारत कै कब्जामा छ नि अझै अबको चुनावमा हेरौ ।।
बलिराम बिसी
May 20, 2020, 5:45 p.m.सरकारको राम्रो काम प्रति सलाम छ
Tekudai
May 20, 2020, 4:57 p.m.भ्रम, यथार्थ र जिम्मेवारी तपाई हामि बीच चुनौतिको रुपमा फैलिएर मानव जातिको अस्थित्वलाई नै खतरामा पार्ने गरि कोभिड १९ अर्थात् कोरोना भाइरस अहिले संसारभर महामारीको रुपमा फैलिएको छ। अहिले नेपालमा यसको संक्रमण हुने दर दिनानुदीन बढ्दै र फैलदै गैरहेको अवस्था छ भने यसको जानकारी हामीले दैनिक रुपमा पत्रपत्रिका एवं अरु विभिन्न संचारमाध्यम बाट थाहा पाउदै आइरहेका छौ । यस रोगको उपचारको लागि न कुनै औषधि पत्ता लागिसकेको अवस्था छ न त् परीक्षणका रुपमा गरिएका कतिपय औषधि पनि प्रभावकारी हुन नै सकेका छन्। यो हामि मानव जाति मात्र नभई बैज्ञानिकहरुको लागि नि चुनौती र टाउको दुखाईको बिषय बन्दै आइरहेको छ। यसै माँझ यसको रोकथाम तथा नियन्त्रणको लागि विश्व भरिका देशहरुले आ-आफ्नो परिवेश अनुसार विभिन्न उपाय तथा बिधि हरु अपनाउदै आइरहेका छन् जसले गर्दा यसको संक्रमणलाई रोक्न सकियोस र बेलैमा यस रोगको पहिचान गरि नियन्त्रण तथा उपचार भै हामी मानव जातीमा हुने क्षतिलाइ न्यूनीकरण गर्न सकियोस्। तर अहिले विभिन्न संचार माध्यम तथा केहि व्यक्तिगत सामाजिक संजालहरुमा भ्रम सिर्जना गर्ने, बिषय बस्तुलाई सहि ढंगले बिश्लेषन नै नगरी आफु खुसि ब्याख्या गर्ने गरि भनौ अपब्याख्या गरि अन्लाईन प्रकाशन गर्ने र फेसबुक तथा ट्वीटर जस्तै अन्य सामाजिक संजालबाट पोष्ट गर्नेको जमात ठुलो देखिन्छ, उद्देश्य आ-आफ्नै होलान, कोहि फलोअर्स बढाउने त कोहि सरकार बाट चालिएका सकारात्मक कदमलाई जनता माँझ भ्रम फैलाई स्वार्थ लुट्ने, त कोहि पपुलर बन्न खोज्ने आदि आदि । यसरि पोष्ट गर्नेमा केहि त्यस्ता व्यक्तिहरु पनि छन् जुन सरकारी सेवा, सामाजीक सेवामा उत्तरदायी भूमिकाको प्रत्क्ष्य सरोकार राख्दछन। अहिलेको २१औ शताब्दि भनेको संचार एवं प्रविधिको युग हो र प्रविधिको प्रयोग गर्नु नैसर्गिक अधिकार पनि। तर प्रविधिको प्रयोग गर्दा विद्यमान संवेदनशिल कुराहरुलाई ख्याल नै नगरी सामाजिक संजालमा राख्नु कति उचित होला नहोला त्यो जिम्मेवारी भनेको तपाई आफैमा हुने आत्मा -चेतना र ज्ञानको स्तर कति भन्ने कुरा हो, त्यसको मूल्यांकन र चिन्तन आफै समय दिएर गर्दा उचित होला। प्रसङ्ग भर्खरै नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वेच्छिक रुपमा कोभिड १९ अर्थात् कोरोनाको परिक्षण स्वेच्छिक रुपमा गर्न चाहेमा शुल्क तिरेर गर्न सकिने छ भनेर निर्णय गरेको छ। यस कुरालाई कसरि हामीले बुझेका छौ र सरकारले नि कसरी अहिलेको यस गम्भीर परस्थितिमा बुझाउन सकेको छ भन्ने कुरा होला । तर यो सरकारी निर्णय चाँही कुनै नराम्रो र जनतालाई हानी गर्ने खालको होल्ला जस्तो लाग्दैन किनकि कुनै पनि बिषम परिस्थिति वा बिपत जुन अहिले कोरोना भाइरसले निम्त्याएको छ र यो रोग एउटा मात्रलाइ हुने हैन पनि,माहामारीमा यसको संख्या पक्क्कै पनि ठुलो हुन्छ जुन तपाई हामि सबैले बुझेकै छौ। यसखालको माहामारीमा सरकार एक्लैले सबै कुरा गर्न सक्नु नि असम्भब जस्तै हुन्छ र सरकारले सम्बन्धित निकाय (अहिलेको परिस्थितिमा स्वास्थ्य संग सरोकार हुने संस्था र अन्य आदि ) संग समन्वय गरि परिस्थितिलाई बेलैमा पहिचान गरि रोकथाम गर्ने प्रयास गर्छ चाहे त्यो अति बिकसित देश किन नहोस। बिकसित देशमा भन्ने हो भने त झन् यदि कुनै पनि संस्थाले अनुसन्धान गर्न चाहेमा अनुसन्धान गर्न अनुमति दिईन्छ जुन सरकारी नियम कानुनको मातहतमा रहेर। त्यसैले अहिले तपाई हामि सबै मिलेर माहामारीसंग लड्नु छ न कि समाजमा चाहिने भन्दा नचाहिने कुराहरुल्लाई बढवा दिएर, भ्रम फैलाएर, अपब्याख्या गरेर, रोगसंग राजनीति गरेर, अरुलाई घृणा गरेर। अत: यो रोग एउटा माहामारी बनेर हामि सामु देखा परेको छ चुनौती को रुपमा न कि उपहार। त्यसकारण यस रोग बाट बच्न र बाच्नको लागि न्युनतम हामी नागरिक बाट गर्नु पर्ने काम कर्तब्य अनि दायित्व पनि पुरा गरौ र जिम्मेवार निकायमा काम गर्ने सबैले जनताको लागि केहि पनि कसुर नराखी काम गरौ र कम्तिमा आधारभूत रोकथामका उपायहरु जस्तै सामुहिक रुपमा धेरै जना एकै ठाँउ भेला नहुने, सामाजिक दुरी कायम राख्ने, साबुनपानीले राम्रोसंग हात धुने, माक्सको प्रयोग गर्ने र यदि आफुमा संक्रमणक लक्षण देखिएको शंका छ भने पनि तुरुन्त स्वास्थ्य संस्थामा वा सम्बन्धित ठाउँमा सम्पर्क गरि उपचार गराउ आदि आदि मात्र नभई तपाईमा भएको ज्ञान अनि रोकथामका उपायहरु छन् भने अरुलाई बाडेर नि सहयोग गरौ। अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क तिरेर स्वेच्छिक रुपमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न सार्वजनिक स्वास्थ्य संस्थामा दिने निर्णय पनि लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले आफ्नै खर्चमा गर्न चाहेमा आरडीटी/पीसीआर गर्न पाउने गरि गरिएको निर्णय हो। जहाँ सम्म लाग्छ सरकार बाट नियमित गरिने परिक्षण भै नै रहन्छ यदि त्यहाँ पनि नाताबाद, पहुँचबाद,कालोबाद अर्थात् कालोबजारी भएन भने ? त्यसको लागि हामी सबै नागरिक पनि सचेत बनौ र संग सगै खबरदारी पनि । भ्रम, यथार्थ र जिम्मेवारीलाई नि आ-आफ्नो ठाँउ बाट नीभाउँ, खास गरि अहिलेका सबै जिम्मेवार वर्ग र व्यक्ति बाट। ©टेक वली