चक्रवातका कारण बंगलादेश र भारतका दशौँलाख व्यक्ति विस्थापित

 जेठ ८, २०७७ बिहिबार ९:५३:५४ | रासस
unn.prixa.net

काठमाण्डौ - बंगलादेश र भारतको पूर्वी तटीय इलाकामा बुधबार अम्पुन आँधी आउने पूर्वानुमानपछि यहाँका दशौँलाख नागरिक विस्थापित भएका छन् ।

कतिपयलाई सरकारले उद्धार गरी सुरक्षित स्थानतर्फ लगेका छन् भने कतिपय नागरिक आफै पनि सुरक्षित स्थानमा गएका बताइएको छ ।

ती स्थानहरुमा उच्च सतर्कता अपनाइएको छ । विशेषगरी भारतको पश्चिम बंगाल राज्यमा आँधीबाट बच्न सतर्कता अपनाइएको बताइएको छ । बंगालको खाडीबाट सुरु भएर भारतको पूर्वी तटीय क्षेत्रमा यसको असर पर्ने बताइएको थियो ।

बुधबार आँधीको डर रहेको मौसम पूर्वानुमान गरेपछि मंगलबारदेखि नै यहाँको जनजीवनमा त्रास फैलिएको थियो ।

बुधबार बंगलादेश र भारतीय अधिकारीहरुले आँधीको बढी क्षति हुनसक्ने पूर्वानुमान गरिएका स्थानमा उद्धारको कार्य थालेका थिए । यसबाट दशौँलाख व्यक्ति प्रभावित भएका छन् ।तर पनि अहिलेसम्म यसबाट पुगेको कुनै मानवीय तथा भौतिक क्षतिको जानकारी आएको छैन ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया