बुन्डेस्लिगा : फ्रांकफर्टकाे पाेस्टमा बायर्न म्युनिखकाे ५ गाेल, डर्टमण्डसँग ४ अंककाे अग्रता

 जेठ ११, २०७७ आइतबार ७:५८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जर्मन बुन्डेसलिगा फुटबलमा लिग लिडर बायर्न म्युनिखले सहज जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले फ्रांकफर्टलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । जितसँगै बायर्न म्युनिखले तालिकामा फेरि ४ अंकको अग्रता लिन सफल भएको छ । म्युनिखको ६१ अंक भएको छ भने दोस्रो स्थानमा रहेकाे बाेरसिया डर्टमण्डको ५७ अंक रहेको छ ।

घरेलु मैदानमा म्युनिखले १७ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि लियोन गोरेट्ज्काले गोल गर्दै अग्रता दिलाएका हुन् । ४१ औं मिनेटमा थोमस मुलरले गोल गरेपछि पहिलो हाफमा म्युनिखले २–० को अग्रता लिएको थियो ।

दोस्रो हाफको पहिलो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्न म्युनिखले अग्रता ३–० बनाएको थियो । फ्रांकफर्टका लागि मार्टिन हिन्टेरेगरले लगातार २ गोल गर्दै अग्रता ३–२ मा ल्याएका थिए ।

उनले ५२ औं र ५५ औं मिनेटमा गोल गरेपछि फ्रांकफर्ट खेलमा फर्कन प्रयास गरेको थियो । अल्फाेन्सो डेभिसले ६१ औं मिनेटमा गोल गरेपछि बायर्नले ४–२ गोलको अग्रता बनायो । फ्रांकफर्टका लागि २ गोल गरेका हिन्टेरेगरले आत्मघाती गोल गरेपछि बायर्न अन्तमा ५–२ गोलले विजयी हुँदै स्पष्ट तीन अंक जोड्न सफल भयाे ।

कोरोना भाइरसको महामारीका बीच जर्मनमा बुन्डेसलिगा शुरु भएको हो । बुन्डेसलिगाका खेलहरु दर्शकविहीन रंगशालामा सञ्चालन भएका छन् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया