इंग्ल्याण्ड तथा वेल्सका अध्यक्ष कोलिन ग्रेभ्स आईसीसीको नयाँ अध्यक्ष बन्ने सम्भावना

 जेठ १५, २०७७ बिहिबार ११:२५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतका शशांक मनोहर तेस्रो कार्यकालका लागि आईसीसीको अध्यक्ष नहुने भएपछि इंग्ल्याण्ड तथा वेल्सका अध्यक्ष कोलिन ग्रेभ्स नयाँ अध्यक्ष बन्ने सम्भावना रहेको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आउँदो कार्यकालका लागि इंग्ल्याण्डका ग्रेभ्सलाई समर्थन गर्ने बताएपछि बीसीसीआई र इंग्ल्याण्डबीच नयाँ गठबन्धनले भारतीय क्रिकेटरलाई फाइदा हुने अपेक्षा गरिएको छ ।

भारतीय क्रिकेटरहरु आउँदो वर्ष हुने क्रिकेटको ‘द हन्ड्रेड टुर्नामेन्ट’ मा भाग लिनसक्ने आकलन गरिएको छ ।

इंग्ल्याण्डले पछिल्लो खराब अवस्थाका कारण बीसीसीआईसँग मिलेर आर्थिक अवस्था माथि उठाउनका लागि हन्ड्रेड लिगमा भारतीय खेलाडी ल्याउने तयारी गरिएको बुझिएको छ ।

ईसीबीका मुख्य कार्यकारी अधिकृत टम हेरिसनले पत्रकारसँग कुरा गर्दै बीसीसीआईसँग भारतीय खेलाडी ल्याउने विषयमा छलफल भइरहेको बताएका थिए । तर, अहिलेसम्म बीसीसीआईले भारतीय क्रिकेटरलाई आईपीएल बाहेक अन्य कुनै पनि फ्रेन्चाइज लिग खेल्ने अनुमति दिएको छैन ।

‘द हन्ड्रेड टुर्नामेन्ट’ यसै वर्षदेखि शुरु गर्ने भनेर इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्ड ईसीबीले तयारी थालेको थियो । तर कोरोना भाइरसका कारण यो प्रतियोगिता अहिले १ वर्ष पर धकेलिएको छ । ‘द हन्ड्रेड टुर्नामेन्ट’ मा १०० बलको खेल हुन्छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया