'यो त एउटा सुनौलो अवसर हो'

 जेठ १५, २०७७ बिहिबार १५:४४:२६ | दामोदर न्याैपाने
unn.prixa.net

कविता

हो, अहिले लकडाउन हो                                                                  
घरबाहिर निस्कन नपाइने भन्दैमा 
घरभित्रै थुनिएर अनि ओछ्यानमा दोब्रिएरहो, अहिले लकडाउन हो  घरबाहिर निस्कन नपाइने भन्दैमा 
घरभित्रै थुनिएर अनि ओछ्यानमा दोब्रिएर
बस्ने बेला भने पटक्कै होइन 
यो त एउटा सुनौलो अवसर हो ।

कलम चलाउन जान्नेले लेख्ने अनि कोर्ने बेला हो 
कोदालो चलाउन जान्नेले माटोको ढिस्को फोर्ने बेला हो ।
आफ्नो सिर्जना र कौशललाई तिखार्ने 
गर्न सक्ने कुरा गर्ने अनि सपार्ने
आफूलो जानेको सिकाउने अनि नजानेको कुरा चोर्ने बेला हो ।।

वर्षाैँदेखि बाँझो जग्गालाई खन्ने अनि जोत्ने बेला हो 
कापीमा चित्र कोरेर अनेकौँ रङ्गले पोत्ने बेला हो ।
भान्छामा आमालाई सघाएर आलु काटिदिने 
खेतमा बुवालाई सघाएर छेउ कुना खन्ने, आली ताछिदिने 
कुन ड्याङमा के लगाउने सोच्ने बेला हो ।।

आमालाई पालो दिएर एक छाक खाना पकाइदिने बेला हो 
बुवाको खुम्चिएको कमिजमा इस्त्री लगाइदिने बेला हो  ।
दिउँसोपख गाई बख्रा फोइदिने
साँझ बिहान गाईभैँसी दोहिदिने
आमबुवाको मनमा अझ स्नेह र प्रेम जगाइदिने बेला हो ।।

घरको छानो चुहिएको भए टालिदिने बेला हो 
घुन लागेको चामल र मकै नाङ्लोमा चालिदिने बेला हो ।
कहिले साग र तरकारी केलाउने 
भाइ बहिनीलाई खेलाउने
शहरीयाले कामै गर्न हुँदैन भन्ने सोचलाई फालिदिने बेला हो ।। 

यो त एउटा सुनौलो अवसर 

हो, यो त एउटा सुनौलो अवसर हो । 

अन्तिम अपडेट: चैत २, २०८०

दामोदर न्याैपाने

उज्यालाेमा कार्यरत दामोदर न्याैपाने समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया