‘कोरोना बीमाको आधा रकम सरकारले ब्यहोर्ने’

 जेठ १५, २०७७ बिहिबार १६:४३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले एक लाख रुपैयाँसम्मको कोरोना बीमा गर्दा लाग्ने रकमको आधा ब्यहोर्ने भएको छ । सङ्घीय संसदमा आउँदो आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले १ लाख रुपैयाँसम्मको कोरोना बीमा गर्दा तिर्नुपर्ने प्रिमियमको आधा रकम सरकारले ब्यहोर्ने व्यवस्था गरेको जानकारी दिनुभयो । 

तर यो व्यवस्था आउँदो साउनदेखि मात्र लागु हुनेछ । अहिले १ लाख रुपैयाँको कोरोना बीमा गर्दा एक जनाको वार्षिक १ हजार र पारिवारिक बीमा गर्दा १ लाख रुपैयाँको प्रतिव्यक्ति ६ सय रुपैयाँ प्रिमियम तिर्नुपर्छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया