पूर्व मन्त्री पदम राईको निधन
मंसिर ९, २०८१ आइतबार
धनुषा – धनुषामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उपचारमा समस्या उत्पन्न भएको छ । प्रदेशकाे राजधानी जिल्लाको रुपमासमेत रहेकाे धनुषा जिल्लामा बिहीबार २९ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ ।
जिल्लाभरिमा उपचारका लागि एकमात्र प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत ४२ बेडको आइसोलेशनसहितको कोभिड-१९ अस्पताल रहेकोमा सङ्क्रमित बढेपछि उपचारमा समस्या उत्पन्न भएको हो । प्रादेशिक अस्पतालमा ४२ बेडको आइसोलेशन भनिए पनि बिरामीका लागि मात्र ३० वटा राखिएको छ ।
बाँकी ६ वटा बेड उपचारत निगेटिभ आएका व्यक्ति, २/२ वटा चिकित्सक र गर्भवती महिलाकाे लागि राखिएको कोभिड अस्पतालका प्रमुख डाक्टर जामुन सिंहले जानकारी दिनुभएको छ ।
बिहीबार थप भएका २९ जना सङ्क्रमितलाई उपचारका लागि आइसोलेशन बेडको आभाव भएपछि अर्को व्यवस्था नहुञ्जेलसम्म सम्बन्धित क्वरेण्टीन र घरमै होम क्वरेण्टीनमा राखिएकाे उहाँले बताउनुभयो ।
३० वटा आइसोलेशन बेडमा धनुषाका सङ्क्रमित ४१ मध्ये १४ जनाको मात्र उपचार भइरहेको छ । अस्पतालमा अन्य १६ जनामा केही अर्को जिल्लाको र केही शङ्कास्पद व्यक्ति रहेका छन् ।
बिहीबार थप भएका २९ जना सङ्क्रमितमध्ये १८ जना लक्ष्मिनियाँ गाउँपालिकाका रहेका छन् । उनीहरुलाई आइसोलेशन बेडको आभावमा क्वरेण्टीन र होम क्वरेण्टीनमा राखिएको छ ।
सङ्क्रमितहरुलाई कहाँ राखेर उपचार गर्ने विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताउनुभएको छ ।
आइसोलेशन बेड थप्ने तयारी
सङ्क्रमित थपिएपछि जिल्ला विपद् व्यवस्थापन समिति र समाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा आइसोलेशन बेड थप्ने गृहकार्यमा जुटेका छन् ।
समितिको संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी निरौलाले लक्ष्मिनियाँ पालिकाको सपहीमा रहेको सीटीईभीटीको पोलिटेक्निक क्लिनिक र नगराइकन क्वरेण्टीनमा आइसोलेशन बेड थप्ने व्यवस्था भइरहेको जानकारी दिनुभयो ।
तर कति सङ्ख्यामा बेड राख्नेबारे भने निर्णय नभइसकेकाे उहाँले बताउनुभयाे ।
प्रदेशमा कति सङ्क्रमित ?
स्वास्थ्य महाशाखाका अनुसार बिहीबारसम्म प्रदेशभरिमा चार सय जना सङ्क्रमित रहेका छन् । जसमध्ये पर्सामा ९४, रौतहटमा १०९, बारामा ४९, सर्लाहीमा ४१ महोत्तरीमा २३, धनुषामा ४१, सप्तरीमा २९ र सिरहामा १४ जना सङ्क्रमित छन् ।
सङ्क्रमितमध्ये १ सय २ जना उपचारपछि निको भइ घर फर्किसकेका छन् । प्रदेशमा उपचारका लागि सप्तरीमा ७३, सिरहामा ८३, धनुषामा ४२, महोत्तरीमा ५०, सर्लाहीमा ४५, रौतहटमा ११०, बारामा १२९ र पर्सामा १३३ आइसोलेशन बेडको व्यवस्था रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।