इण्डाेनेसिया : १०० वर्षीया वृद्धाले काेराेना जितिन्

 जेठ १९, २०७७ सोमबार १३:५२:३४ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – इण्डाेनेसियामा एक १०० वर्षीया वृद्धा काेराेना भाइरसकाे सङ्क्रमणपछि पूर्णरुपमा निकाे भएकी छिन् । स्थानीय सञ्चारमध्यमका अनुसार ती वृद्धा इण्डाेनेसियाकी 'सबैभन्दा बढी उमेरकी' बिरामी हुन्, जसलाे काेभिड–१९ लाई हराइन् । 

कामतिम नाम गरेकी ती वृद्धा इण्डाेनेसियाकाे दाेस्राे ठूलाे शहर सुरबायाकाे एक सरकारी अस्पतालमा भर्ना भएकी थिइन् । 

झण्डै एक महिनासम्म चिकित्सककाे निगरानीमा रहेपछि कामतिमलाई अस्पतालले छुट्टी दिएकाे हाे ।  

पूर्वी जावाका गभर्नर खाेफिफा इन्दर पारावासनाले भने, 'कामतिम पूर्णरुपमा ठिक हुँदा अन्य वृद्ध व्यक्तिहरुलाई हिम्मत मिल्नेमा म विश्वस्त छु ।' 

कामतिमकी बुहारी सिती अमीनाले समाचार एजेन्सी एएफपीसँगकाे कुराकानीमा उनले आमा पूर्णरुपमा ठिक हुनुमा सबैभन्दा ठूलाे कारण 'व्यक्तिगत अनुशासन र व्यवहारप्रति दृढता' नै भएकाे बताइन् । 

उनले भनिन्, 'आमाकाे बारेमा चिकित्सकहरुसँग कुराकानी हुँदा उहाँ निकै साहसी भएकाे बताउँथे । उहाँलाई बिरामी हुनुकाे डर थिएन, उहाँ सामग्रीकाे ध्यान राख्नुहुन्छ र समयमै ‍औषधि लिनेबारेमा निकै सतर्क हुनुहुन्छ । सबैभन्दा ठूलाे कुरा उहाँ सधै ठिक हुन चाहनु हुन्थ्याे । यस क्रममा उहाँले एक दिन पनि हिम्मत हार्ने कुरा गर्नु भएन ।'

अमेरिकाकाे जाेन्स हप्किन्स विश्वविद्यालयकाे अनुसार इण्डाेनेसियामा अहिलेसम्म २६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे छ भने एक हजार ६ सय १३ जनाकाे ज्यान गएकाे छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया