कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या २२३ पुग्याे

 जेठ १९, २०७७ सोमबार २०:३६:६ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णालीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई सय २३ पुगेको  छ । कर्णाली प्रदेशमा साेमबार थप ३५ जनामा कोरोना सङ्क्रमण देखिएसँगै कुल सङ्ख्या दुई सय २३ पुगेको हो ।

प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोेगशालामा गरिएको परीक्षणमा थप ३५ जनामा सङ्क्रमण देखिएको हो । सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले प्रेस विज्ञप्तिमार्फत सुर्खेतका १६, दैलेखका नौ, सल्यानका नौ र अछामका एक जनामा कोरोना सङ्क्रमण देखिएको जानकारी दिएको हो ।

दुई २३ सङ्क्रमितमध्ये दुई सय ३० जना कर्णाली प्रदेशका छन् भने तीन जना प्रदेशबाहिरका छन् । स्वास्थ्य महाशाखाका अनुसार दैलेखका ९८ जना, सुर्खेतका ५० जना, कालीकोटका १८ जना, सल्यानका ४४ जना, जुम्लाका  १९ जना र मुगुका एक जना  रहेका छन् ।

यसबाहेक कर्णालीमा गरिएको परीक्षणकाे क्रममा बाजुरा, बझाङ र अछामका एक/एक जनामा पनि कोरोना सङ्क्रमण देखिएको छ । उनीहरु तीनै जनाकाे कर्णाली प्रदेशमै उपचार भइरहेको छ । 

अन्तिम अपडेट: चैत २, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया