११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण बुझाए
मंसिर ७, २०८१ शुक्रबार
सुर्खेत - कर्णाली प्रदेशमा १६ जना नयाँ काेराेना सङ्क्रमितकाे थपिएका छन् । नयाँ थपिएका १६ सहित कर्णाली प्रदेशमा जम्मा सङ्क्रमितकाे सङ्ख्या २ सय ७८ पुगेकाे छ ।
प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी राेग अन्वेषण प्रयाेगशाला सुर्खेत तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएकाे परीक्षणमा नयाँ सङ्क्रमित थपिएका कर्णाली प्रदेशकाे सामाजिक विकास मन्त्रालयले जनाएकाे छ ।
नयाँ थपिएकामा सल्यानकाे कुमाख गाउँपालिकाका १९ र २४ वर्षका पुरुष, दैलेखकाे नाैमूले गाउँपालिकाका २५ वर्षीय पुरुष, दैलेखकै नारायण नगरपालिकाका २० २४ २५ २५ र ३० वर्षका पुरुष तथा दूल्लु नगरपालिकाका १७ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी, कालीकाेटकाे महाबै गाउँपालिकाका २२ र २८ वर्षीय पुरुष तथा ४ महिने बालक, तिलागुफा नगरपालिका, पलाँता गाउँपालिका र शुभकालिका गाउँपालिकाका क्रमश: २१, ४२ र २१ वर्षीय पुरुष तथा सान्नीत्रिवेणी नगरपालिकाकी २० वर्षीया महिला रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।