कोरोना रोकथाम गर्न नसकेको भन्दै बालुवाटारमा प्रदर्शन गर्नेमाथि पानीको फोहोरा

 जेठ २७, २०७७ मंगलबार १४:५१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोना भाइरसको महामारी रोकथाम गर्न नसकेको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्नेहरुमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ । सबैलाई पीसीआर विधिमार्फत नै कोरोना भाइरसको परीक्षण गर्न आग्रह गर्दै प्रदर्शन गर्न पुगेकाहरुमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो ।

सामाजिक अभियन्ता, व्यापारीलगायत आरडीटीबाट नभइ पीसीआर विधिमार्फत परीक्षण गर्न माग गर्दै बालुवाटर पुगेका थिए । कोरोनाको जोखिम बढेसँगै सरकारले परीक्षणको दायरा बढाएको दाबी गरेको छ । तर यो पर्याप्त नभएको भन्दै आलोचना हुने गरेको छ ।

यस्तै प्रहरीले १० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । उनीहरुले लकडाउनको उल्लङ्घन गरेकाेले पक्राउ गरिएको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

अहिले एक लाख नाै हजार ७१ जनाको मात्रै पिसीआर विधिमार्फत परीक्षण भएको छ भने एक लाख ५६ हजार नाै सय ९१ जनाको आरडीटी विधिमार्फत परीक्षण भएको छ । नेपालमा अहिलेसम्म तीन हजार सात सय ६२ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

गण्डकी प्रदेशमा मङ्गलबार बिहान २४ जनालाई कोरोना देखिएको हो । यसबारे मन्त्रालयले औपचारिक जानकारी दिन भने बाँकी छ । यस्तै कोरोनाकाे कारण १४ जनाको ज्यान गएको छ । चार सय ८८ जना उपचारपछि निको भएका छन् । 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया