युभेन्टस कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश

 जेठ ३१, २०७७ शनिबार ९:५०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १३ पटकको च्याम्पियन युभेन्टस कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको दोस्रो लेग गोलरहित बराबरीमा सकिएपछि अवे गोलका आधारमा युभेन्टसले फाइनलमा स्थान बनाएको हाे । पहिलो लेग एक एक गोलको बराबरीमा सकिएको थियो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा क्रिष्टियानो रोनाल्डो पेनाल्टीमा गोल गर्नबाट चुकेपछि खेल बराबरीमा सकिएको हो । बुधबार हुने फाइनलमा युभेन्टसले इन्टर मिलान वा नापोलीसँग खेल्नेछ । यी दुई क्लबको दोश्रो लेगको खेल शनिबार हुँदैछ । पहिलो लेगमा  नापोली १–० ले विजयी भएको थियो ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया