पछिल्लाे २४ घण्टामा ३८० जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या ६ हजार ५९१ पुग्याे

 असार २, २०७७ मंगलबार १६:२९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार पाँच सय ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन सय ८० जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार झापामा भएको परीक्षणमा दुई जना, धरानमा भएको परीक्षणमा चार जना, जनकपुरमा भएको परीक्षणमा ५५ जना, वीरगञ्जमा भएको परीक्षणमा दुई जना, पोखरामा भएको परीक्षणमा २१ जना र कैलालीमा भएको परीक्षणमा ७६ जनामा पोजेटिभ देखिएको छ । 

यस्तै बाँकेमा भएको परीक्षणमा १० जना, राजविराजमा भएको परीक्षणमा तीन जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा एक जना, रुपन्देहीमा भएको परीक्षणमा चार जना, सुर्खेतमा भएको परीक्षणमा नौ जना, धुलिखेल अस्पतालमा भएको परीक्षणमा २२ जना, दाङमा भएको परीक्षणमा ५७ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा एक सय १४ जनामा कोरोना पुष्टि भएको हो । 

मङ्गलबार थप एक सय १७ जना गरी आजसम्म एक हजार एक सय ५८ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

आजसम्म पीसीआर विधिबाट एक लाख ४३ हजार सात सय ३८ जनाको कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ५५ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट दुई लाख २३ हजार पाँच सय १९ र पछिल्लो २४ घण्टामा चार हजार एक सय ८३ जनाको आरडीटी परीक्षण भएको छ । 

अहिले देशभरिका विभिन्न अस्पतालका आइसोलेशनमा पाँच हजार पाँच सय ३१ जना रहेका छन् । क्वरेण्टीनमा रहनेको सङ्ख्या एक १ लाख ३३ हजार नौ रहेको 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया