मङ्गलबार सङ्क्रमण पुष्टि भएका ३८० जना कहाँका हुन् ?

 असार २, २०७७ मंगलबार १६:५९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार पाँच सय ९१  पुगेको छ । पछिल्लो २४ घण्टामा थप तीन सय ८० जनामा सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या साढे ६ हजार पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार झापामा  भएको परीक्षणमा झापा र पाँचथरका एक÷एक जना, धरानमा भएको परीक्षणमा सुनसरी र सिरहाका गरी चार जना, जनकपुरमा भएको परीक्षणमा रौतहटका ३८ र महोत्तरीका १७ गरी ५५ जनामा कोरोना पुष्टि भएको हो । 

त्यस्तै नारायणी अस्पताल वीरगञ्जमा भएको परीक्षणमा पर्साका दुई जना, पोखरामा भएको परीक्षणमा गोरखाका १० जना, नवलपरासी पूर्वका दुई जना, बाग्लुङका एक जना, तनहुँका दुई जना, कास्कीका तीन जना र स्याङ्जाका चार जना गरी २२ जनामा कोरोना पुष्टि भएको छ । सेती अस्पतालमा भएको परीक्षणमा अछामका एक जना, बैतडीका २१ जना, डोटीका २० जना, कञ्चनपुरका ११ जना र कैलालीका २३ जना गरी ७६ जनामा कोरोना पुष्टी भएको छ । 

भेरी अस्पताल बाँकेमा बाँकेका एक र बर्दियाका नौ जना गरी १० जना, राजविराजमा भएको परीक्षणमा सप्तरीका तीन जना, भरतपुरमा भएको परीक्षणमा नवलपरासी पूर्वका एक जनामा कोरोना देखिएको छ । यस्तै रुपन्देहीमा भएको परीक्षणमा अर्घाखाँचीका नौ र रुपन्देहीका एक जना, सुर्खेतमा भएको परीक्षणमा दैलेखका पाँच जना र सुर्खेतका चार जना, धुलिखेलमा भएको परीक्षणमा धनुषाका २१ जना र रामेछापका एक जनामा कोरोना देखिएको छ । 

दाङमा भएको परीक्षणमा सल्यानका एक जना, दाङका ५६ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा काठमाण्डौका एक जना, महोत्तरीका ७२ जना, मोरङका एक जना, रौतहटका १४ जना, रोल्पाका एक जना, रुपन्देहीका तीन र सर्लाहीका १६ जनामा कोरोना पुष्टि भएको छ ।  

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया