इंग्लिस प्रिमियर लिग : म्यान्चेस्टर सिटीले आर्सनललाई हरायो, एस्टन र सेफिल्डको बराबरी

 असार ४, २०७७ बिहिबार ७:२७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना महामारीकै बीच सुरु भएको इंग्लिस प्रिमियर लिगको पहिलो दिनको खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई ३–० ले हराएको छ । 

सिटीको घरेलु मैदानमा आज बिहान भएको खेलमा रहिम स्ट्रलिङ, केभिन डी बु्रइन र फोडेनले एक एक गोल गरे । केभिन डी ले खेलको ५१ औं मिनेटमा पेनाल्टीमा गोल गरे । पहिलो हाफमा एक गोलले पछि परेको आर्सनल दोस्रो हाफको सुरुवातमै १० खेलाडीमा सीमित भयो । 

आर्सनलका डिफेन्डर डेविड लुइज विपक्षीलाई फल गरेपछि रातोकार्ड पाउँदै मैदानबाट बाहिरिए । जितसँगै सिटीले २९ खेलमा ६० अंक बनाएको छ । नवौं स्थानमा रहेको आर्सनलको ४० अंक छ ।
त्यस्तै गएराति भएको खेलमा एस्टन भिल्ला र सेफिल्डले बराबरी खल्दै अंक बाँडेका छन् । बराबरीसँगै २६ अंक जोडेको एस्टन रेलिगेसन क्षेत्रमा रहेको छ । एस्टन पुछारबाट दोस्रो स्थानमा रहेको छ । ४४ अंक जोडेको सेफिल्ड छैटौं स्थानमा रहेको छ । कोरोनाको कारण प्रिमियर लिग स्थगित भएको सय दिनपछि सुरु भएको हो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया