लमजुङ : गुडिरहेको टिप्परमाथि ढुङ्गा खस्दा चिनियाँ चालकको ज्यान गयाे

 असार ४, २०७७ बिहिबार १९:२७:१३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – मर्स्याङ्दी गाउँपालिका ६ नाइचेमा गुडिरहेको टिप्परमाथि ढुङ्गा खस्दा चालकको ज्यान गएकाे छ ।

बिहीबार बिहान बा २ क ७१९८ नम्बरको गुडिरहेको टिप्पर​माथि ढुङ्गा खस्दा न्यादी जलविद्युत् आयोजनामा कार्यरत चिनियाँ चालक लु जियाङको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ओमप्रकाश पुनले जानकारी दिनुभयो ।

टिप्पर दुर्घटनामा न्यादी जलविद्युत् आयोजनामै कार्यरत टिप्परमा सवार अर्का चिनियाँ नागरिक हु बाओची पनि घाइते भएका र उपचारपछि उनी अहिले अस्पतालबाट डिस्चार्ज भएको प्रहरी निरीक्षक पुनले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया