राजा र गणतन्त्रवादी अटाउने मौलिक व्यवस्था निर्माण गराैँ : राप्रपा अध्यक्ष लिङ्देन

 चैत २६, २०८१ मंगलबार १६:२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै राजनीतिक शक्तिहरू अटाउने गरी नयाँ समझदारी गर्नुपर्ने बताउनुभएको छ ।

राप्रपाले आज काठमाण्डौको बल्खुमा गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश अब यही अवस्थाबाट अघि बढ्न नसक्ने बताउनुभयो । उहाँले राजादेखि गणतन्त्रवादीहरूसम्म अटाउने गरी मौलिक व्यवस्था निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । राजा अभिभावक र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा हिन्दू राष्ट्र हुनुपर्ने उहाँको माग गरेको छ ।

राप्रपाले राजसंस्था पुनर्स्थापना, सङ्घीयता खारेजीलगायत एजेन्डासहित प्रदर्शन र आमसभा आयोजना गरेको हो । कार्यक्रममा बोल्दै राप्रपाका नेताहरूले यसअघि राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शनबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन् । तीनकुने घटनालाई लिएर रविन्द्र मिश्र, धवलशमसेर राणालगायतका नेताहरूलाई झुटा मुद्दा लगाइएको राप्रपाकाे दाबी छ ।

यसअघि तीनकुनेमा दुर्गा प्रसाईंकाे नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक भएपछि सरकारले आज बल्खुमा उच्च सतर्कता अपनाएको छ । यस्तै बल्खु आसपासका व्यवसायीहरूले आफ्‌नो पसल बन्द गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया